अमेरिकाले साउदी अरेबिया लाई मिसाइल सुरक्षा प्रणाली बेच्ने ।

काठ्माडौ, २१ असोज ।
अमेरिकाले साउदी अरेबिया लाई मिसाइल सुरक्षा प्रणाली बेच्ने भएको छ ।

अमेरिकी सरकारले परिस्कृत टर्मिनल हाइ–अल्टिट्युड एरिया डिफेन्स (थाड) १५ अर्ब डलरमा बिक्री गर्ने सम्बन्धी प्रस्ताव स्वीकृत गरेको हो । यसले साउदी अरेबिया र खाडी क्षेत्रमा इरान तथा अरु क्षेत्री स्तरमा रहेको खतरासँग प्रतिवाद गर्ने क्षमता बढाउने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

साउदी अरेबियाले रुससँग हवाई सुरक्षा प्रणाली खरिद गर्ने निर्णय गरेको एक दिनपछि अमेरिकाको रक्षा मन्त्रालयले साउदी अरेबियालाई मिसाइल सुरक्षा प्रणाली बिक्री गर्ने निर्णय गरेको हो ।

यो सम्झौताले खाडी क्षेत्रमा सैन्य सामजस्यतालाई भने कुनै असर नगर्ने अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ ।

 

प्रतिक्रया दिनुहोस्