बीस बर्षपछि फरार अभियुक्त प्रहरिको फन्दामा ।

बुटवल, २१ असोज् ।
हत्या गरी फरार रहेको अभियोगमा एक व्यक्तिलाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ।

साबिक गंगोलिय गाविस–८, हाल तिलोत्तमा नगरपालिका–१७ का अभियुक्त मानबहादुर थारु २०५४ मंसिर १ गते राति गंगोलिया गाविस–५ बस्ने २६ वर्षीय रुदल यादवलाई गोली हानी हत्या गरेर फरार भएका थिए।

दशैँमा घरमा आएका बेला अभियुक्त थारुलाई लुक्दै हिँडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।रासस

प्रतिक्रया दिनुहोस्