दुई सातादेखि डोल्पा सञ्चारविहीन, सेवाग्राही समस्यामा ।

डोल्पा, २१ असोज ।

दुर्गम हिमाली जिल्ला डोल्पामा दुई सातादेखि मोबाइल सेवामा समस्या आएपछि सञ्चारविहीन भएको छ।

जिल्लाका विभिन्न स्थानमा राखिएको नमस्ते र स्काईको मोबाइल सेवामा समस्या उत्पन्न भएपछि सेवाग्राही मर्कामा परेका छ्न । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकास्थित रसी लेकमा रहेको फोन सेवासहितको रेडियो लिंक टावरमा आवश्यक उपकरण थप्न बाँकी रहेकाले पटक पटक मोबाइल सेवामा समस्या आइरहेको दूरसञ्चार क्षेत्रीय कार्यालय नेपालगञ्जले जनाएको छ।

दुई सातादेखि नमस्ते र स्काईको टावरमा समस्या देखिएकाले डोल्पावासी सञ्चारविहीन भएको त्रिपुरासुन्दरी नगरपालिका–१ का स्थानीयवासी प्रकाश पन्थीले बताउनुभयो । भौगोलिक रुपमा विकट डोल्पामा फोन सुविधाविना डोल्पालीको दैनिकी एकदमै कष्टकर बनिरहेकाले यथाशीघ्र मर्मतका लागि डोल्पालीले माग गरेका छन्।

प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले विभिन्न ठाउँमा राखिएका रिपिटर टावरमा समस्या उत्पन्न भएको जानकारी पाएकाले असुविधालाई हटाउन यथाशीघ्र काम अगाडि बढाउन निर्देशन दिएको बताउनुभयो ।

 

प्रतिक्रया दिनुहोस्