नेपालका पहिलो क्रिकेट स्कोरर बाबेदाइको निधन ।

काठमाडौं, २१ असोज ।
नेपालका पहिलो क्रिकेट स्कोरर  ऋद्धिभक्त पन्तको आज बिहान निधन भएको छ ।

नेपाली क्रिकेटमा बाबे दाईको उपनामले चिनिने पन्त लामो समयदेखि बिरामी थिए। ७१ वर्षको उमेरमा उनको विहान हिमाल नर्सिङ होममा निमोनियाका कारण निधन भएको परिवार श्रोतले जनाएको छ ।

पन्त गैरिधारा क्रिकेट क्लबबाट नेपाली क्रिकेटमा सक्रिय थिए। गैरिधारा क्लबका पूर्व अलराउन्डर पन्तले क्रिकेटबाट सन्यास लिएपछि अम्पायरिङको भूमिका निर्वाह गरेका थिए। पछि उनी स्कोररको भूमिकामा सक्रिय भए। उनको एक छोरा र छोरी छन्।

प्रतिक्रया दिनुहोस्