कार दुर्घटनामा परि किर्गिस्तानका उपप्रधानमन्त्रीको निधन ।

काठमाडौ, २१ असोज ।

किर्गिस्तानका उपप्रधानमन्त्री तेमिर झुमाकादिरोभको कार दुर्घटनामा परी आज निधन भएको छ।

राजमार्गमा गुडिरहेको उनको कार ट्रकसँग ठोक्किएर दुर्घटना भएको किर्गिस्तानको सरकारी समाचार संस्थाले जनाएको छ। स्थानीय समयानुसार विहान करिब साढे  ७ बजे विसकेक–कारा–बाल्टा राजमार्ग अन्तर्गत पर्ने साडोभोए गाँउमा दुर्घटना भएको समाचारमा जनाइएको छ।

उपप्रधानमन्त्री झुमाकादिरोभ र उनका सहयोगी टोयटा ल्याण्डक्रुजरमा थिए। दुबै जनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ। गाडीका चालकलाई भने दुर्घटना पछि अस्पताल लगिएको थियो। उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।

उपप्रधानमन्त्री झुमाकादिरोभ ३८ वर्षका थिए। उनी गत अगस्तमा मात्रै उपप्रधानमन्त्रीमा नियुक्त हुनु भएका थियो ।(रासस/सिन्ह्वा)

 

प्रतिक्रया दिनुहोस्