बाकेमा राजपा र नयाँ शक्तिले उम्मेदवारको टुंगो लगाए ।

बाँके, २१ असोज ।

राष्ट्रिय जनता पार्टी नेपाल बाँकेले प्रतिनिधि सभा क्षेत्र १, २ र ३ का लागि उम्मेदवारको नाम छनोट गरी सिफारिस सहित केन्द्रीय समितिमा पठाएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्ष तर्फ क्षेत्र नं. १ बाट अरुण तिवारी, क्षेत्र नं. २ बाट वरिष्ठ अधिवक्ता तथा राजपाका केन्द्रीय उपाध्यक्ष विजय गुप्ता र क्षेत्र नं. ३ बाट हलिम खाँको नाम सर्वसम्मत चयन गरी सिफारिस गरिएको राजपाले जनाएको छ।

यसैगरी प्रदेश सभाका लागि क्षेत्र नं. १ (क) बाट प्रत्यक्षतर्फ रामकुमार दीक्षित,  क्षेत्र नं. १ (ख) बाट सरिता सापकोटा, क्षेत्र नं. २ (क) बाट फिरोज हलवाई, क्षेत्र नं. २ (ख) बाट आशिष गुप्ता र क्षेत्र नं. ३ (क) बाट राजेश बर्मा र रामसागर भाट र क्षेत्र नंं. ३ (ख) बाट सुकैय चमार सर्वसम्मत सिफारिस भएका छन्।

नयाँ शक्तिले पनि बाँकेका विभिन्न क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस गरेको छ। प्रतिनिधि सभाका लागि बाँके क्षेत्र नं. १ बाट बुध सुनार, क्षेत्र नं. २ बाट  वेदप्रसाद आचार्य र क्षेत्र नं. ३ बाट वीरेन्द्र पुनको नाम सिफारिस भएको नयाँ शक्ति पार्टीले जनाएको छ।

त्यसैगरी, क्षेत्र नं. १ (क) बाट प्रत्यक्षतर्फ हिक्मत विक, क्षेत्र नं. १ (ख) बाट मान वहादुर रावत, क्षेत्र नं. २ (क) बाट फकिरुल्ला पठान र जमिल खाँ तथा क्षेत्र नं. २ (ख) बाट हरदेव बक्स चौधरीको नाम सिफारिस भएको नयाँ शक्तिका हिक्मत विकले जानकारी दिए। उनका अनुसार क्षेत्र नं. ३ (क) चिरञ्जीवी रेग्मी र क्षेत्र नंं. ३ (ख) बाट कौशिला कठायतको नाम सिफारिस भएको छ।

प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ ओमकला काफ्ले, बाबु खाँ पठान, केशव नेपाली र प्रदेशसभाका लागि नसिम खाँ, गीता चौधरी, कृष्णकुमारी भण्डारी, पदम बहादुर शाही, राजन राना मगर, मोहम्मद अख्तर खाँ, वामदेव गौतम, रानी राई, विजयरानी सोनी, अस्गर अली खाँ, गीता महर, मोहन चन्द र गजाधर सुनारको नाम सिफारिस भएको भएको छ ।

 

प्रतिक्रया दिनुहोस्