31 May 2020  |   सोमवार, जेष्ठ १९, २०७७

जवराको दाबी: आगामी चुनावमा प्रजातान्त्रिक गठबन्धनकै बहुमत आउँछ ।

    | प्रकाशित मितिः शनिबार, अशोज २१, २०७४  

काठमाडौ, २१ असोज ।

राप्रपा–प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर जबराले ६ दलीय बृहत्त लोकतान्त्रिक गठबन्धन एक भएर जाने स्पष्ट पार्नु भएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज राजधानीमा आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष जबराले वाम गठबन्धन निर्माण भएकोले आफूहरुले पनि लोकतान्त्रिक गठबन्धन बनाएको स्पष्ट पार्नुभयो । उहाले गठबन्धनमा आवद्ध ६ वटै दलहरु बेग्लाबेग्लै विचारधारा बोक्ने दल भएकोले कसरी अघि बढ्ने भन्नेबारे साझा न्यूनतम कार्यक्रमहरु चाँडै सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाले आगामि आउने चुनावको लागि तालमेलमा कुरा मिल्ने, र प्रजातान्त्रिक गठबन्धनकै बहुमत आउँने दाबी गर्नुभयो । जबराले आफूहरुको प्रजातान्त्रिक मोर्चा कसैको विरुद्धमा गठन नभएको जिकिर समेत गर्नुभयो ।

वामपन्थी गठबन्धन बनेसँगै सबै प्रजातान्त्रिक शक्तिहरुलाई एक ठाउँमा आउनको लागि मद्दत पुगेको उहाको भनाइ थियो ।

 

प्रकाशित मितिः शनिबार, अशोज २१, २०७४     5:25:12 PM  |

प्रतिक्रया दिनुहोस्