बैतडीमा प्राबिधिक शिक्षा सञ्चालनका लागि रामलीला महोत्सवबाट सात लाख सङ्कलन ।

बैतडी, २२ असोज ।

बैतडीमा प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले सञ्चालन गरिएको रामलीला महोत्सवबाट हालसम्म ७ लाख रुपैया सङ्ललन भएको छ ।

महारुद्र रामलीला महोत्सव मूल आयोजक समितिले असोज १५ गतेदेखि दशरथचन्द नगरपालिका–१ गुरुखोलामा आयोजना गरेको सो महोत्सवमा हालसम्म उक्त रकम संकलन भएको महोत्सव मूल आयोजक समितिका संयोजक तथा वडाध्यक्ष भुवनराज भट्टले जानकारी दिनुभयो ।

उहाका अनुसार महोत्सवमा सबैभन्दा बढी वाणिज्य राज्यमन्त्री नरबहादुर चन्दले रु एक लाख २५ हजार दान गरेका छन् भने नगर प्रमुख नरेन्द्र थापा, दशरथचन्द नगरपालिका–२ का वडाध्यक्ष रनबहादुर बोहरा र मुस्याचौर बजारका व्यापारी वीरेन्द्र भट्टले जनही रु ५१/५१ हजार रकम दान गरेको  गरेका छ्न ।

पछिल्लो समय ग्रामीण क्षेत्रमा पनि प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण बढ्दै जान थालेपछि विद्यालयसँग आर्थिक स्रोत नहुँदा मणिलेक मावि गुरुखोलामा पनि प्राविधिक शिक्षा सञ्चालनका लागि उक्त महोत्सव आयोजना गरिएको संयोजक भट्टले बताउनुभयो। संकलित रकम आगामी वर्षदेखि प्राविधिक शिक्षा सञ्चालनका लागि खर्च गरिने उहाकोभनाइ छ। महोत्सव २९ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

 

प्रतिक्रया दिनुहोस्