डडेल्धुरामा करेन्ट लागेर ४ वर्षीया बालिकाको मृत्यु ।

डडेल्धुरा, २२ असोज ।
डडेल्धुरा सदरमुकाम नजिकै करेन्ट लागेर ४ वर्षीया बालिकाको मृत्यु भएको छ।

अमरगढी नगरपालिका– ४ हरडी घर भएका गणेश दमाईंको छोरी वर्षाको करेन्ट लागी अस्पतालमा उपचार क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

अमरगडी चारतल्ले खलंगामा रहेको कैलाश फर्निचरमा खेलिरहेका अवस्थामा बिजुलीको तारलाई छुँदा उनलाई करेन्ट लागेको थियो। उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी नायब निरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रया दिनुहोस्