मुक्तक मञ्च–नेपालको आयोजनामा मुक्तक बसाइ कार्यक्रम टीकापुरमा सम्पन्न।

लोकेन्द्र रावल टीकापुर, २२ असोज ।

मुक्तक मञ्च–नेपालको आयोजनामा मुक्तक बसाइ कार्यक्रम टीकापुरमा शनिबार सम्पन्न भएको छ ।

मञ्चका अध्यक्ष निर्दोष डेबिटको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार, चित्रकार, तथा रेडियो नेपालको बिम्ब प्रतिबिम्ब कार्यक्रमका संचालक रमेश पौडेल प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा साहित्यकार श्रेष्ठ प्रिया पत्थर, टीकापुर नगरपालिकाका नगर उपप्रमुख केशरी विष्ट, गगनसिंह थापा, डा. पुष्करराज भट्ट र कर्ण वहादुर थापा विशिष्ट अतिथि रहनुभएको थियो ।

अर्जुन बेघरले संचालन गर्नुभएको कार्यक्रममा साहित्यकारहरु गगनसिंह थापा, बलबहादुर रावल, अशोक बोहरा ‘असिम पीडा’, दिब्यसागर साउंद, मिनबहादुर थापा, आर्त अकुलिन, धनराज अविरल, अवि अजनवी, धिरज त्रिबेणी, गणेश पहराई, माधवी घर्तिमगर, धर्मराज देवकोटा, पल्लबी भट्ट, नवराज रिमाल लगायतका साहित्यकारहरुले रचना वाचन गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिलाई दोसल्ला ओढाई सम्मान समेत गरिएको थियो ।

One thought on “मुक्तक मञ्च–नेपालको आयोजनामा मुक्तक बसाइ कार्यक्रम टीकापुरमा सम्पन्न।

प्रतिक्रया दिनुहोस्