ब्राउन सुगरसहित चार जना प्रहरी खोरमा ।

सुर्खेत, २२ असोज ।
सुर्खेतको वीरेन्द्रनगरमा लागु औषध ब्राउन सुगरसहित प्रहरीले जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीको बिशेष टोलीले बीरेन्द्रनगर नगरपालिका–१ का कृष्ण थापा, २ का उमेश नेपाली, चौकुने गाँउपालिक–८ अमर राना र चौकुने–८ कै टेकेन बिसीलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

उनीहरुको साथवाट १० ग्राम ३९० मिलीग्राम लागु औषध ब्राउन सुगर बरामद गरिएको सुर्खेतका एसपी मोहन आचार्यले जानकारी दिनुभयो ।

 

प्रतिक्रया दिनुहोस्