बर्दियामा झण्डै १० किलो चरेशसहित एक महिला पक्राउ ।

बर्दिया, २२ असोज ।
बर्दियामा झण्डै १० किलो चरेशसहित एक महिला पक्राउ परेकी छिन् ।

बर्दिया राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि खटिएको सेनाको आमबासा चेकपोष्टमा रुकुम काँक्री–६ घर भई अहिले दाङको घोराही उपमहानगरपालिका बस्ने पवित्रा पुनलाई चरेशसहित पक्राउ गरिएको हो ।

काठमाडौंबाट धनगढीका लागि छुटेको बस चेक गर्ने क्रममा उनलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय भूरीगाउँमा थप कारबाहीका लागि भूरीगाउँ पठाइएको छ ।

 

प्रतिक्रया दिनुहोस्