खोटो सङ्कलनको कार्य बर्षौदेखी अलपत्र ।

डडेल्धुरा, २२ असोज ।
डडेल्धुराका वनहरुमा थुप्रिएको खोटो बर्षौंदेखि अलपत्र परेको छ । विभिन्न खोटो कम्पनीले डडेल्धुराका सल्लेरी वनबाट मापदण्ड विपरित खोटो संकलन गर्दै आएपछि जंगलका केही रुख सुक्दै गएका छन् ।

संकलन भएको हजारौंको संख्यामा खोटोका कन्टेनर पनि सडक छेउमा त्यत्तिकै अलपत्र छन् । यसले कुनैपनि बेलामा बिपद निम्तिन सक्ने भन्दै स्थानीय आत्तिएका हुन् । डडेल्धुराको ५० हजार हेक्टर खोटे सल्लाको वन क्षेत्रमध्ये २९ हजार ६ सय ६७ हेक्टरमा रहेको सल्लेरी वनबाट लामो समयदेखि खोटो संकलन गर्दा वन विनास त भएकै छ ।

संकलित खोटोसम्बन्धित निकायले नउठाउँदा स्थानीयबासीले पाउने पारिश्रमिक र राज्यले पाउने राजश्व पनि रोकिएको छ ।

खोटो संकलन गरि प्रशोधनका लागि भारतीय बजारमा निर्यात गर्ने तयारीका लागि सडक छेउमा राखिएको करोडौंका खोटो कन्टेनरहरु वनमा त्यत्तिकै राखिँदा कुहिएर जाने र कुनै दिन आगलागी भएमा ठूलो जोखिम हुने भएकाले तत्काल व्यवस्थापन गर्न सरकारसँग स्थानीयले आग्रह गरेका छन् ।(इमेज)

प्रतिक्रया दिनुहोस्