बाकेमा फोरमका ५८ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा ।

बाके, २२ असोज ।
बाकेमा संघीय फोरमका ५८ जनाले पार्टी परित्याग गरेका छ्न ।

पार्टी परित्याग गर्नेहरु स्थानीय तह निर्वाचनका बेला कांग्रेससँग असन्तुष्ट भईसंघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका बाँकेको डडुवा गाउँपालिकाका स्थानीय नेता कार्यकर्ता हुन । संघीय फोरमका जिल्ला सदस्य सत्यनारायण बर्मा, क्षेत्रीय सदस्य ओमप्रकाश चौधरी सहित ५८ जनाले बिज्ञप्तिमार्फत फोरम परित्याग गरेको जनाएका छ्न ।

नेपाली कांग्रेस बाँकेका पूर्वसचिव समेत रहेका विजयबहादुर यादव सहित उनीहरु फोरममा प्रवेश गरेका थिए। स्थानीय निर्वाचनमा फोरमबाट अध्यक्षको उम्मेदवार बनेका यादव पराजित भएका थिए। आफूहरुसँगै फोरम प्रवेश गरेका यादव र केन्द्रीय नेता एवं पूर्वमन्त्री इस्तियाक अहमद राईले पार्टीलाई निजी कम्पनी जस्तै बनाएको भन्दै उनीहरु असुन्तष्ट थिए।

‘मधेस आन्दोलनमा हजारौं जनताको भावनासँग खेलबाड गर्दै मधेसी राजनीतिक दलहरुमा अहिले व्यक्तिवादी चरित्र हाबी भएकोले उक्त पार्टीमा बस्नुको औचित्य नदेखिएको विज्ञप्तिमा उल्लेख छ ।

पार्टीमा अन्य नेता कार्यकर्तालाई अवसर नदिई मधेसी राजनीतिमा दुवै जनाको परिवारवाद सोचका कारण मधेसी जनता अधिकार प्राप्तिबाट वञ्चित भएकाले पार्टी परित्याग गरेको उनीहरुले बताएका छन्।

 

प्रतिक्रया दिनुहोस्