30 May 2020  |   शनिबार, जेष्ठ १७, २०७७

मनकामना केदारनाथ प्रवासी समाजको अध्यक्षमा खतिवडा ।

    | प्रकाशित मितिः सोमवार, अशोज २३, २०७४  

भारत(पुना) ८ अक्टोबर ।
मनकामना केदारनाथ प्रवासी समाजको प्रथम भेलाले शंकर खतिवडालाई सर्वसम्मत चयन गरेको छ।

समाजको वरिष्ठ उपाध्यक्षमा ललित भण्डारी, उपाध्यक्ष गणेश जोशी, सचिव राम अधिकारी, कोषाध्यक्ष मनिराज बिक, उप सचीवमा प्रेम खतिवडासहित एघार सदस्यीय कार्यसमिति गठन गरिएको छ ।

भेलाले तारा प्रसाद जैसीलाइ सल्लाहकार संयोजक र सल्लाहकार सदस्यमा गोबिन्द भण्डारी, पुर्ण भण्डारी, दिपक बिक र गणेश खतिवडालाई चयन गरेको छ भने मुम्बई प्रमुखमा बलबहादुर भण्डारी, उपप्रमुखमा दिनेश जोशि, हैद्रावाद प्रमुख कमल खत्री, उपप्रमुख नेत्र खतिवडा सल्लाहकार बिस्नु जोशि तथा इन्दोर सहर प्रमुखमा  भिम भण्डारीलाई चयन गरेको छ।

कार्यक्रमको प्रमुख अतिथी गोबिन्द भण्डारी, विशिष्ट अतिथि तारा प्रसाद जैशी, दिपक बिक र अतिथिमा बलबहादुर भण्डारी देवराज जोसि रहेका थिए ।

साथै प्रवासमा रहेका नेपालीहरुलाई एकता बनाई गाउँ समाजको बिकासका लागि प्रवास बाटै सहयोग फर्ने उदेश्यका साथ गठन भएको उक्त समाजले रु चालीस हजार संकलन गरेको छ। कार्यक्रम प्रेम खतिवडाको अध्यक्षतामा सम्पन्न भएको हो ।

 

प्रकाशित मितिः सोमवार, अशोज २३, २०७४     12:08:29 AM  |

प्रतिक्रया दिनुहोस्