विश्व हुलाक दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइंदै ।

काठमाडौ, २३ असोज ।
विश्व हुलाक दिवस आज नेपालमा पनि विविध कार्यक्रम गरेर मनाइंदै छ ।

सूचना र प्रविधिको क्षेत्रमा भएको विकास र विस्तारले अहिले हुलाक मार्फत सेवा लिनेको संख्या घट्दै गएको छ । समय अनुसार परवर्तन गर्न नसक्दा गाउँ गाउँमा भन्दा शहरी क्षेत्रमा यसको प्रभाव कम हुन थालेको छ । पछिल्लो समयमा ईमेल, ईन्टरनेटको विकाससँगै हुलाक सेवाको प्रभावकारिता घटेको हो ।

तर सरकारीका कामका लागि हुलाकमार्फत नै सूचना सम्प्रेषण गर्नुपर्ने भएकाले हुलाकमार्फत हरेकले सेवा लिइरहेका छन् ।

सन् १८७४ अक्टुबर ९ तारिखमा विश्व हुलाक संघ स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष हुलाक दिवस मनाउने गरिएको छ । नेपालले भने सन् १९७६ मा विश्व हुलाक संघको सदस्यता पाएपछि मात्र हुलाक दिवस मनाउन थालेको हो ।

 

प्रतिक्रया दिनुहोस्