नेपाली काङ्ग्रेस रुकुमले २७ जना उम्मेदवारको नाम सिफारिस गर्यो ।

रुकुम, २३ असोज ।
आगामी मङ्सिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि नेपाली काङ्ग्रेस रुकुमले २७ जना उम्मेदवारको नाम सिफारिस गरि केन्द्रमा पठाएको छ ।

जिल्ला सदरमुकाम मुसिकोटमा बसेको बैठकले प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरु सिफारिस गरेको हो । नेपाली कांग्रेस रुकुमका सभापति प्रेम प्रकाश ओलीले दिएको जानकारी अनुसार आकांक्षी धेरै भएका कारण बैठकले २७ जनाको नाम सिफारिस गरेर पठाएको र केन्द्रले निर्णय गरेअनुसार अन्तिम टुंगो लाग्नेछ।

कांग्रेसले प्रतिनिधिसभाका लागि पूर्वराज्यमन्त्रीसमेत गोपालजी जंग शाह, जिल्ला सभापति प्रेमप्रकाश ओली, महाधिवेशन प्रतिनिधि यामबहादुर केसी र  पार्टी पूर्वउपसभापति वीरबहादुर ओलीको नाम केन्द्रमा पठाएको हो। जसको समानुपातिकमा सभापति प्रेमप्रकाश ओली, पूर्वराज्यमन्त्री गोपलजी जंग शाह र वरिष्ठ अधिवक्ता डा. नवराज गौतम रहेका छन्।

साथै प्रदेशसभाको लागि पनि विभिन्न व्यक्तिहरुको नाम सिफारिस गरिएको छ। जसअनुसार क्षेत्र नम्बर १ का लागि प्रत्यक्षतर्फ कृष्णबहादुर रोकाय, हर्कसिंह खत्री, राजु केसी,ओम केसी र लेखमाया केसी रहेका छन्। समानुपातिकमा मानबहादुर नेपाली, धीरेन्द्रकुमार बटाला, मनीषा भण्डारी, जनककुमार बाँठा, यज्ञ परियार र गंगाराम गौतम रहेका छन्।

त्यसैगरी, क्षेत्र नम्बर २ बाट प्रत्यक्षमा तिलबहादुर भण्डारी, गोरखप्रसाद चन्द, थलबहादुर खड्का र नरजङ्ग ओली रहेका छन्। यस क्षेत्रको समानुपातिकमा कालुराम खड्का, खड्गबहादुर डाँगी, सीता ओली, भीमबहादुर डाँगी, मोहन प्रकाश आचार्य र दीपेन्द्र पुन रहेका छन्।

 

प्रतिक्रया दिनुहोस्