राजधानीमा दिउसै गोलि चल्यो, निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको मृत्यु ।

काठमाडौं,२३ असोज ।
राजधानीस्थित नयाँ बानेश्वरको खरीबोट प्रयाग चाेकमा गोली लागेका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको मृत्यु भएको छ।


गोली लाग्नासाथ मिनभवनस्थित सिभिल अस्पताल पुर्याइएका गौचनको बाटोमै निधन भइसकेको अस्पतालमा कार्यरत डा विमल थापाले जानकारी दिए ।

प्रहरीका अनुसार उहालाई टाउको, बायाँ कोखा र छातीमा तीन गोली लागेको थियो । मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले उनीमाथि गोली प्रहार गरेको प्रहरी स्रोतले जनाएको छ।

गोली प्रहारपछि ड्राइभरले आक्रमणकारीलाई पछ्याउने प्रयास गरे पनि गौचनको शरीरबाट रगत बगेको देखेपछि उनलाई सोही गाडीमा राखेर अस्पताल तर्फ लगेका थिए । स्थानीयका अनुसार गौचन अचेत अवस्थामा थिए ।

घटना हुँदा उनी घरतर्फ फर्कदै थिए । उनको घर घटनास्थलबाट नजिकै रहेको छ । गोली प्रहार गरेपछि आक्रमणकारीहरु मोटरसाइकल चढेर भागेका थिए ।

 

 

प्रतिक्रया दिनुहोस्