मुगुकी एक गर्भवतीले उडिरहेको जहाजमै जन्माइन बच्चा ।

मुगु,२३ असोज ।
मुगुको ताल्चा विमानस्थलबाट नेपालगन्ज उडेको नेपाल एयरलायन्सको जहाजभित्र एक महिलाले बच्चा जन्माएकी छन्।

आकाशमा उडिरहेको अवस्थामा छाँयानाथ रारा नगरपालिका–२ की २२ वर्षीया मायादेवी भामले छोरा जन्माएकी हुन्। सुत्केरी ब्यथाले च्यापेपछि जहाजमा नेपालगन्जमा थप उपचारका लागि लैजादै गर्दा बच्चाको जन्म भएको नेपाल एयरलायन्स क्षेत्रीय निर्देशक मुक्ति पाण्डेले बताउनुभयो ।

आज बिहान ११ बजेर ५ मिनेटमा ताल्चा विमानस्थलबाट उडान भरेको जहाजमा ११ बजेर ५५ मिनेटमा बच्चा जन्मेको हो। आमा र बच्चाको स्वास्थ्य सामान्य रहेको छ। आमा र बच्चालाई उपचारका लागि भेरी अञ्चल अस्पताल नेपालगन्जमा राखिएको छ। मुगुमा सुत्केरी भई अत्याधिक रक्तश्राव भएपछि उनलाई आफन्तको आग्रहमा नेपाल एयरलायन्सको जहाजबाट थप उपचारका नेपालगञ्ज लगिएको थियो।

रक्तस्रावका कारण ज्यान नै जाने खतरा भएपछि जहाजका पाइलट आइआर गुरुङले लिखित कागज गराएर जहाज उडाएका थिए ।

 

प्रतिक्रया दिनुहोस्