सेवाग्राहीको गुनासो:मालपोत कार्यालयमा सञ्चालित अनलाइन सिस्टम झन्झटिलो भयो ।

बाँके, २३ असोज ।

मालपोत कार्यालय बाँकेमा सेवा लिन आएका सेवाग्राहीहरुले कार्यालयले शुरु गरेको अनलाईन सिस्टम झन्झटिलो भएको गुनासो गरेका छन् ।

ट्रान्सपरेन्सी ईन्टनरनेशनल नेपालको सहयोगमा बास नेपालगन्जद्धारा आयोजीत हेल्पडेस्क तथा गुनासो सुन्ने कार्यक्रममा सेवाग्राहीहरुले यस्ता गुनासो गरेका हुन । अनलाई सिस्टमबाट निकै ढिलो गरी काम हुने र कार्यालयमा प्राविधिकहरुको सख्या कम भएकाले तत्काल सेवामा सुधार गरि प्राविधिक कर्मचारीहरु थप गर्नु पर्नेमा उनीहरुको जोड दिए ।

मालपोत कार्यालय नयाँ भवनमा सरेको भएपनि ब्यवस्थापन भईनसकेको सेवाग्राीहरुको भनाई थियो । उनीहरुले कार्यालयको कम्पाउण्ड भित्र फोहोर फाल्ने डस्टविन नहुदा कार्यालय परिसर फोहोर भएको, सेवाग्राहीहरुका लागि खानेपानीको ब्यवस्था नभएको, पार्किङ्ग अब्यवस्थित भएको, शौचालय निकै फोहोर भएको, कार्यालय भित्र र बाहिर ठाँउ–ठाँउमा गुट्खा खाएर थुक्ने गरेका कारण फोहोर भएको गुनासो गरेका थिए ।

बिहान कार्यालय समयदेखि नै शुरु गरिएको हेल्प डेस्क कार्याक्रम  गरिरहदा मालपोत कार्यालयले आज मात्रै कार्यालयमा नागरिक बडा पत्र टाँस गरेको छ । हेल्प डेस्कको क्रममा सेवाग्राीहरुबाट आएका गुनासाहरुलाई आज नै बासका कार्यक्रम अधिकृत हेमराज भट्टले मालपोत कार्यालय कि निमित्त प्रमुख पुष्पा श्रेष्ठलाई जानकारी गराएका छन् ।

गुनासो सुनीसकेपछि सेवाग्राहीका गुनासाहरु जायज भएकाले समाधानका लागि पहल गर्ने निमित्त प्रमख श्रेष्ठले प्रतिबद्धता गरेकी छिन् । कार्यक्रममा बासका कार्यक्रम अधिकृत हेमराज भट्ट, स्वयम् सेवकहरु रुपा चौधरी, लक्ष्मी केसी, अनिता न्यौपाने, आस्था माझि लगायतको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रया दिनुहोस्