पेस्तोलसहित राजधानीमा तिनजना पक्राउ ।

काठमाडौं, २३ असोज ।
पेस्तोलसहित राजधानीमा तिनजना पक्राउ परेका छ  ।
पक्राउ पर्नेमा छिरिङ तामाङ, सञ्जय तामाङ र दिलीप लामा रहेका छन् ।

तीनै जना काभ्रेको रोशी नगरपालिका ४ का हुन । उनिहरुलाइ राजधानीस्थित जोरपाटीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनिहरुको साथबाट  एक थान हतियार र तीन राउन्ड गोली बरामद गरिएको महानगरीय प्रहरी प्रमुख एआईजी जयबहादुर चन्दले जानकारी दिए ।

उहाका अनुसार, पक्राउ परेका व्यक्तिहरुको आज दिउँसो हत्या गरिएका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याकाण्डमा संलग्नता रहे-नरहेकोबारे अनुसन्धान भइरहेको छ।

प्रतिक्रया दिनुहोस्