कैलालीमा खोलामा डुबेर दुई बालिकाको मृत्यु ।

कैलाली, २३ असोज ।
कैलालीको गौरीगंगा नगरपालिका अन्तर्गत गोप्ता खोलामा डुबेर २ बालिकाको मृत्यु भएको छ ।

नुहाउने क्रममा डुबेर हेम सागर विष्टकी ८ वर्षकी छोरी रितिमा दाहाल  र कृष्णबहादुर विष्टकी १० वर्षकी छोरी प्रीति कुमारी विष्टको आज मृत्यु भएको हो । उनिहरु दुबै पानीमा डुवेको अवस्थामा फेला परेका थिए ।

दाहाल महादेव मावी शंकरपुर कक्षा ४ मा अध्ययनरत थिइन् भने विष्ट बिहानी क्षितिज इङलिस बोर्डिङ्घ स्कुलमा अध्ययनरत थिइन् । दुबै बालिकाको शव पोष्टमार्टमका लागि सेती अञ्चल अस्पताल धनगढी पठाइएको इलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ ।

 

प्रतिक्रया दिनुहोस्