देशका सातवटै प्रदेशमा आयुर्वेद अनुसन्धानको शाखा खोल्ने सरकारी तयारी ।

काठमाडौं, २३ असोज ।
सरकारले देशका सातवटै प्रदेशमा राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रलाई  विस्तार गर्ने निर्णय गरेको छ।

मन्त्रीपरिषद्को आजको बैठकले केन्द्रको शाखा सातवटै प्रदेशमा खोल्ने निर्णय गरेको हो। गत साउन ३२ गते नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङलाई स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले तालिम केन्द्रलाई सात प्रदेशमा विस्तार गर्ने योजना रहेको बताएका थिए।

नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङले त्यतीबेला किर्तीपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको अवलोकन गरेका थिए। अवलोकनका क्रममा उपप्रधानमन्त्री वाङले विस्तारका लागि सहयोग गर्ने बताएका थिए।

केन्द्रको भवन निर्माणका लागि चीन सरकारले ६८ करोड रुपैयाँ र उपकरणका लागि २४ करोड रुपैयाँ सहयोग गरेको छ।

प्रतिक्रया दिनुहोस्