एएफसी एसियन कप छनोट: ताजकिस्तान विरुद्ध नेपाली टोली दोस्रो पटक मैदानमा ।

काठमाडौ, २४ असोज ।

एएफसी एसियन कप फुटबल छनोट चरण अन्तर्गत ताजकिस्तान विरुद्ध नेपाली टोली आज दोस्रो पटक मैदानमा भिड्दै छ ।

यसअघि घरेलु मैदानमा २-१ ले पराजित नेपाली टोली जितको लक्ष्य सहित ताजकिस्तान पुगेको हो । नेपाल समूह ‘एफ’ को पुछारमा रहेको छ । नेपालको १ अंकमात्र छ । छनोटका अहिले सम्मका ३ खेलमा नेपालले एउटा जित पनि हासिल गर्न सकेको छैन । छनोटको अर्को चरणको सुरुआत हुँदा हार वा बराबरीले नेपालको चुनौति लगभग समाप्त हुनेछ ।

समूहमा फिलिपिन्स ७ अंकसहित शीर्षस्थानमा, यमन ४ अंकसहित दोस्रो र ३ अंक जोडेको ताजकिस्तान तेस्रो स्थानमा छ ।  समूहका शीर्ष दुई टोली अर्को बर्ष युनाइटेड अरब इमिरेट्स( युएई) मा हुने एसियन कपको अन्तिम चरणका लागि छनोट हुनेछन् ।

नेपाली टोलीमा

गोलरक्षक : किरण चेम्जोङ , विकेश कुथु , एलन न्यौपाने

डिफेन्डर : विराज महर्जन , अनन्त तामाङ , आदित्य चौधरी , कमल श्रेष्ठ , देबेन्द्र तामाङ , जितेन्द्र कार्की , दीनेश राजवंशी

मिडफिल्डर : हेमन्त थापा मगर , विशाल राई , हेमन गुरुङ , अञ्जन बिष्ट , सुजल श्रेष्ठ , राजेन्द्र रावल , विक्रम लामा , रोहित चन्द , सुनिल बल

फरर्वाड : भरत खवास , नवयुग श्रेष्ठ , विमल घर्ती मगर , जर्ज प्रिन्स कार्की रहेका छ्न ।

 

प्रतिक्रया दिनुहोस्