बाकेको कुसुममा बस दुर्घटनामा परि तिनजनाको मृत्यु,१३ घाइते ।

दलबहादुर बिसि कोहलपुर, २४ असोज ।

बस दुर्घटनामा परि बाँकेमा तिनजनाको मृत्यु भएको छ । पुर्वपश्चिम् राजमार्ग अन्तरगत पर्ने कुसुमस्थित लौकीखोला पुल नजिकै काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको ना ४ ख ८२५५ नम्बरको बस बिहान पौने १० बजे दुर्घटनामा परेको थियो ।

यात्रुबाहाक बस दुर्घटनामा परि दुई पुरुष र एक महिलाको मृत्यु भएको छ भने १३ जना घाइते भएको जानकारी प्रहरीले दिएको छ । मृतकमध्ये सशस्त्र प्रहरी गण विराटनगरमा कार्यरत सिपाही रविन्द्र पाण्डेको मात्र सनाखत भएको छ । प्रहरीका अनुसार एक महिला र एक पुरुषको परिचय खुलेको छैन।

दुर्घटनामा परि घाइते भएकाहरुको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

 

प्रतिक्रया दिनुहोस्