बर्दियामा फुटबल खेल्दाखेल्दै बेहोस भएका थारुको ज्यान गयो ।

बर्दिया, २४ असोज ।

बर्दियामा फुटबल खेल्दाखेल्दै बेहोस भएका एक खेलाडीको आज दिउसो ज्यान गएको छ ।

जिल्लाको  ठाकुरबाबा नगरपालिकामा स्थानीय क्लवले आयोजना गरेको फुटबल प्रतियोगितामा खेल्ने क्रममा ठाकुरबाबा नगरपालिका–३ वगनाहा निवासी १७ वर्षिय नरेश थारु अचानक बेहोस भएका थिए ।

चुरे जनजागृती युवा क्लवले आयोजना गरेको फुटबल प्रतियोगिता खेल्ने क्रममा बेहोस भएका  थारुको उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज लैजादै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी युवराज खड्काले जानकारी दिनुभयो ।

दिउँसो खेल भैरहेकाले गर्मीका कारण खेल्ने क्रममा बेहोस भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रया दिनुहोस्