आरजु देउवाको नाम प्रतिनिधिसभाका लागि बर्दियाबाट पनि सिफारिस ।

बर्दिया, २४ असोज ।

नेपाली  कांग्रेसकी नेत्री डा. आरजु देउवा बर्दिया जिल्लाको क्षेत्र नम्बर २ वाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सर्वसम्वत सिफारिसमा परेकी छन् ।

डा. आरजु कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी हुन् । नेपाली  कांग्रेस बर्दिया क्षेत्र नम्बर २ तथा जिल्ला कार्य समिति बर्दियाले प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा डा. देउवासहित किशोर राठौर, अरुण राठौर र मालती सोडरीको नाम सिफारिस गरेको जनाााइएको छ।

त्यसैगरी समानुपातिकतर्फ नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलको नाम सिफारिस गरेको नेपाली कांग्रेस बर्दियाले जनाएको छ ।

 

प्रतिक्रया दिनुहोस्