चारकिलो चरेससहित कंचनपुरमा एक युवक पक्राउ ।

महेन्द्रनगर, २५ असोज ।

चारकिलो चरेससहित कंचनपुरमा एक युवक पक्राउ परेका छ्न । पक्राउ पर्ने युवक दार्चुला ग्वानी–६ का कृष्ण डागा रहेको प्रहरीको जनाएको छ ।

 

उनलाइ प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्युरोको टोलीले कञ्चनपुरको बेदकोट नगरपालिकाबाट पक्राउ गरेको हो । सुदूरपश्चिम क्षेत्रीय ब्युरोबाट खटिएको प्रहरी नायब निरीक्षक लोकराज भट्ट नेतृत्वको टोलीले बेदकोट नगरपालिका–९ लालपुरदेखि बागफाँटातर्फ गइरहेका अबस्थामा  डाँगालाई नियन्त्रणमा लिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले चरेस र अभियुक्तलाई जिल्ला प्रहरीमा राखेर कारबाही प्रक्रिया अघि बढाइसकेको जानकारी दिए।

 

प्रतिक्रया दिनुहोस्