हुम्लिको व्यथा बुझ्न राहातसहित सामर्थ्य नेपालको टोलि हुम्ला जादै ।

बिनोद देवकोटा कैलाली, २५ असोज ।
हुम्लाका नांगा छाती र भोका पेटहरुलाई राहत बितरण गर्न सामथ्र्य नेपालको टोली हुम्ला जान लागेको छ ।

पश्चिम नेपाल संयोजक केपी खनालको नेतृत्तवमा सामथ्र्य नेपालको टोली कर्णाली अञ्चलको सबै भन्दा बिकट जिल्ला हुम्लामा आज राहत लिएर जादैछ । सामथ्र्य नेपालले केहिदिन पैले दशैमा दशा लागेका पिडीत परिवारहरुलाई महलम पट्टी लगाउने उदेश्यले देश तथा बिदेशमा रहेका सम्पुर्ण नेपालीहरुबाट र बिभीन्न संघ सस्थाहरुबाट राहत सामाग्री संकलन गरी कैलाली जिल्लाका केही पिडीत घर परिवारहरुलाई राहत बितरण गरेको थियो ।

अहिले भोकै छ हुम्ला भन्ने नारा बोकी राहत संकलन गरेको छ । हुम्लाका पिडीत हरुलाई राहत बितरण गर्नका लागी देश तथा बिदेशमा रहेका नेपाली हरुबाट र बिभीन्न संघ सस्था हरुबाट एक लाख १० हजार रुपैया र राहत सामाग्रीहरु संकलन गरेको छ ।

संकलन राहत २० जना पिडीत घर परिवारहरुलाई बितरण गर्नकानिम्ति कर्णाली अञ्चलको सबै भन्दा बिकट जिल्ला हुम्लामा आज राहत लीएर सामथ्र्य नेपालका पश्चिम नेपाल संयोजक खनालको नेतृत्वमा आज टोली त्यसतर्फ जान लागेको हो ।

सामथ्र्य नेपालले अहिले देशमा शिर्जनशिल युवाहरुका हातहरु भन्ने मुल नाराका साथ बिभीन्न किसीमका सामाजिक कार्यहरु गर्दै आईरहेको छ ।

 

प्रतिक्रया दिनुहोस्