देशको आर्थिक बिकासका लागि कर्णालीलाई प्राथमिकता दिनुको विकल्प छैन: राष्ट्रपति भण्डारी ।

जुम्ला, २५ असोज ।
राष्ट्रपति विद्यादेवी भण्डारीले देशको आर्थिक बिकासका निम्ति प्राकृति सम्पदाको धनी कर्णाली क्षेत्रको अर्थतन्त्र लाई बलियो बनाउन आबस्यक रहेको बताउनु भएको छ ।

जुम्लाको चन्दननाथ माविको नवनिर्मित विज्ञान प्रयोगशालाको आज उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले कर्णालीको शिक्षा, स्वास्थ्य,यातायात, सरसरसफाइका क्षेत्रमा प्राथमिकता दिन सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सरकारले कर्णाली जस्ता क्षेत्रलाई प्राथमिकतामा राखे मात्रै देशको अर्थतन्त्र बलियो बन्ने उहाँको भनाइ थियो । राष्ट्रपति भण्डारीले प्राकृतिक सम्पदाको धनी कर्णालीले देशको अर्थतन्त्र लाई माथी उकास्न मद्दत पुर्‍याउने विश्वास समेत व्यक्त गर्नुभयो ।

उहाले विज्ञान तथा प्रविधिको विकाससँगै उन्नत कृषि उपज बाट समग्र देशको विकास हुने भन्दै कर्णाली जस्ता पछाडि परेका क्षेत्रमा अझै विशेष ध्यान दिन आबस्यक रहेकोमा जोड दिनुभयो । भण्डारीले कर्णालीमा प्रचुर मात्रामा रहेको श्रोत तथा सम्पदाको राम्रो उपयोग गरी प्रभावकारी नीति बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

शिक्षाको अपरिहार्यतामा जोड दिँदै राष्ट्रपतिले स्थानीय आवश्यकता अनुसारको पाठयक्रम निर्माण गरी कार्यन्वयनमा लैजान सुझाव पनि दिनुभयो ।

प्रतिक्रया दिनुहोस्