30 May 2020  |   शनिबार, जेष्ठ १७, २०७७

नेशनल प्याब्सनको छैठौँ संस्करणको राष्ट्रिय अधिवेशन चितवनको सौराहामा हुने ।

    | प्रकाशित मितिः बुधबार, अशोज २५, २०७४  

काठमाडौँ, २५ असोज ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेशनल प्याब्सनको छैठौँ संस्करणको राष्ट्रिय अधिवेशन चितवनको सौराहामा हुने भएको छ ।

अधिबेशन आउदो कात्तिक १७ देखि १९ गतेसम्म चल्नेछ  । नेशनल प्याब्सनको विधानअनुसार प्रत्येक तीन वर्षमा हुने अधिवेशनमा देशभरका दुई हजार ५०० प्रतिनिधिको सहभागिता हुने जनाइएको छ । मुलुकभर सञ्चालनमा रहेका निजी तथा आवासीय विद्यालय मध्ये नेशनल प्याब्सन सबैभन्दा ठूलो संस्था हो । यसको स्थापना विसं २०५४ मा भएको थियो।

तीनदिने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । साथै संघीयतामा विद्यालय शिक्षा तथा निजी शिक्षाको भूमिका, शुल्क निर्धारणका वैज्ञानिक आधार, मापदण्ड निर्धारण सम्बन्धी संस्थाको धारणा, छात्रवृत्ति, विद्यालय संरचना, विद्यालयको बैंक ऋण जस्ता विषयमा विज्ञका अलग अलग सत्र पनि सञ्चालन हुने  आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

अधिवेशनमा विनाशकारी भूकम्पले क्षति पु¥याएका निजी तथा आवासीय विद्यालयको पुनःनिर्माणमा पाउन सकिने सहुलियतपूर्ण बैंक ऋणका विषयमा समेत छलफल हुनेछ ।

 

प्रकाशित मितिः बुधबार, अशोज २५, २०७४     6:16:33 PM  |

प्रतिक्रया दिनुहोस्