नेकपा माओवादी केन्द्र र नेकपा संयुक्तबीच पार्टी एकताको औपचारिक घोषणा ।

काठमाडौं, २५ असोज ।
नेकपा माओवादी केन्द्र र नेकपा संयुक्तबीच पार्टी एकता भएको छ ।

काठमाडौंको बुद्धनगर पार्टी प्यालेसमा आज आयोजित कार्यक्रममा दुई पार्टीबीच एकता सम्पन्न भएको हो । पार्टी एकताको संयुक्त वक्तव्यमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा संयुक्तका अध्यक्ष गणेश साहले हस्ताक्षर गरेका छन् ।

पार्टी एकता कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष दाहालले ‘कम्युनिष्टहरुको बृहत् एकता र ध्रुवीकरणमार्फत् नेपालमा सामाजवादी क्रान्ति सम्पन्न गर्ने र विश्व सर्वहारा वर्गलाई नयाँ सन्देश दिने जिम्मेवारी नेपालका कम्युनिष्टहरुको काँधमा आएको’ बताउनुभयो।

एकता कार्यक्रममा नेकपा संयुक्तका अध्यक्ष गणेश साहले शान्तिपूर्ण राजनीतिक परिवर्तनमा अगाडि बढेको पार्टी क्रान्तिकारी विद्रोहको नेतृत्व गरेको पार्टीसँग एकता हुँदा कम्युनिष्ट आन्दोलनमा नयाँ गति पैदा हुने बताउनुभयो।

एकतासँगै नेकपा संयुक्तका तीन सांसद पनि माओवादी केन्द्रमा समाहित भएका जनाइएको छ ।एकताको घोषणापूर्व माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेकपा संयुक्तका अध्यक्ष गणेश साहले संयुक्त वक्तव्यमा हस्ताक्षर गरेका थिए ।

 

प्रतिक्रया दिनुहोस्