बर्दियामा ३० हजार रुपैयाँ घुससहित वन रक्षक अख्तियारको फन्दामा ।

बर्दिया, २५ असोज ।
बर्दियामा ३० हजार रुपैयाँ घुससहित वन रक्षक पक्राउ परेका छन् । इलाका वन कार्यालय राजापुर बर्दियाका वन रक्षक सीताराम थारु ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय कोहलपुरबाट खटिएको टोलीले थारुलाई पक्राउ गरेको अख्तियार कोहलपुरका एसपी ईश्वर कार्कीले जानकारी दिनुभयो । अख्तियरका अनुसार काठ छुट पूर्जीमा म्याद थपका लागि घुस लिँर्दै गर्दा थारु पक्राउ परेका हुन् ।

 

प्रतिक्रया दिनुहोस्