कैलालीमा तिहारमा पटाका पटकाउन नपाइने, देउशी भैलो राती १० बजेसम्म मात्र खेल्न पाइने ।

कैलाली, २५ असोज ।

कैलालीमा तिहार तथा च्गड पर्वको समयमा विष्फोटक पदार्थ जन्तबस्तु पटाकाहरु निशेध गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीले आज एक बिज्ञपति जरि गर्दै तिहार तथा छठ पर्वको अवसरमा भूइचम्पा, पटाका, आतिशबाजी जस्ता विष्फोटक पदार्थको उत्पादन, आयात, निर्यात, बिक्री वितरण र प्रयोगमा रोक लगाएको छ ।

सार्वजनिक सूचना प्रकाशित गरी कार्यालयले पटाका, आतिशबाजी जस्ता विष्फोटक पदार्थको प्रयोगले सर्वसाधारण जनताको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले यस्ता पदार्थको बिक्री वितरण र प्रयोग नगर्न आग्रह गरेको हो । यदि यसो गरिएको पाइए कारबाही हुने चेतावनी पनि कार्यालयले दिएको छ ।

सूचनामा तिहार र छठका अवसरमा खेलिने देउसीभैंलो जस्ता साँस्कृतिक कार्यक्रम पनि राति १० बजेसम्म मात्र खेल्न आग्रह गरिएको छ ।

 

प्रतिक्रया दिनुहोस्