मोटरसाइकल दुर्घटनामा परि कैलालीमा एक जनाको मृत्यु ।

बिनोद देवकोटा बौनिया , असोज २५ ।
कैलालीमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।

 

कैलालीको गौरीगंगा नगरपालीका वडा नम्वर ८ बडैपुर जंगलमा बुधबार साझ करिव ७ बजे से २ प २७९४ नम्बरको मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको हो । मृतकको परचिय भने खुल्न सकेको छैन । दुर्घटनामा परि गम्भीर घाइते भएका उनलाई घटना स्थलबाट उपचारकालागी सेती अञ्चल अस्पताल लगीएको भएपनी अस्पताल पुगे लगत्तै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

दुर्घटना स्थल एकान्त जंगलमा भएकोले दुर्घटनाको कारण खुल्न नसकेको र दुर्घटना बारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका डिएस पी बिर बहादुर रानाले जानकारी दिनुभयो ।

 

प्रतिक्रया दिनुहोस्