प्रदेश र प्रतिनिधिसभाका लागि एमाले रुकुमबाट २० जना उम्मेदवारको नाम सिफारिस ।

रुकुम? २६ असोज ।
नेकपा एमालेले पश्चिम रुकुमको प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारको सिफारिस गरेको छ।

सदरमुकाम मुसीकोटमा बसेको जिल्ला कमिटीको बैठकले पश्चिम रुकुमबाट प्रतिनिधिसभा र प्रदेशसभाका लागि ६ जनाको नाम सिफारिस गर्नुपर्नेमा आकांक्षी धेरै भएपछि २० जनाको नाम सिफारिस गरिएको एमालेका पूर्वजिल्ला अध्यक्ष ठगेन्द्रप्रकाश पुरीले जानकारी दिए।

प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ ११ जनाको नाम सिफारिस गरिएको उहाँले बताए। प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ नारायण शाह, नन्दराम देवकोटा र विद्यापति रिजालको नाम सिफारिश गरिएको छ भने समानुपातिक तर्फ तीर्था गौतम, विमल पुन, सुरज परियार र गणेश केसीको नाम सिफारिस गरिएको छ।

प्रदेशसभाका लागि निर्वाचन क्षेत्र नं १ बाट ठगेन्द्र प्रकाश पुरी, माधव गौतम र डिला शाहीको नाम सिफारिस गरिएको छ। समानुपातिकमा गणेश केसी, देवी ओली र चन्द्रबहादुर विक सिफारिमा परेका छन्।

प्रदेशसभाका लागि निर्वाचन क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ धनराज खड्का, पुस्तक चन्द र टीका राणा तथा समानुपातिकतर्फ ऋषिप्रसाद शर्मा, कल्पना खड्का, खडक परियार र मानवीर घर्तीको नाम सिफारिस भएको छ।

प्रतिक्रया दिनुहोस्