बझाङमा छात्राहरु मिलेर आफैले बनाए स्कुलमा स्कुलमा शौचालय ।

बझाङ, २६ असोज ।
बझाङमा स्कुलमा शौचालयको अभाव भएपछि छात्राहरु मिलेर शौचालय निर्माण गरेका छन् ।

छबिसपाथिभेरा गाउँपालिका–६ मा रहेको मजखोरी माध्यमिक विद्यालयका छात्राले ढुङ्गा, काठ र पानी आधा घण्टा टाढाको बाटोबाट आफै बोकेर आफ्नै खर्चमा शौचालय निर्माण गरेकी हुन्।

स्कुलमा छात्रछात्राका लागि एउटै मात्र शौचालय रहेकाले अलग्गै शौचालय नहुँदा समस्या हुने गरेको थियो कक्षा ९ की मनिसा धामीले भनिन अब त सहज हुने भो ।

गाउँ निकै विकट भएकाले शिक्षा कार्यालयबाट अनुगमन गर्न पनि कोही नआउने गरेको, शौचालयका लागि आएको रकम कहाँ जान्छ थाहा छैन छात्राको समस्या शिक्षकले नबुझेपछि निकै समस्या भएको छात्राहरु बताउँछन्। विद्यालयमा दलित सहयोग समाजले व्यवहार परिर्वतन अन्तर्गत किशोर–किशोरी समूह गठन गरी विभिन्न खाले तालीम दिएपछि हाम्रो आँखा खुले र शौचालय निर्माण गरिएको छात्रा बताउँछन्। रासस

 

प्रतिक्रया दिनुहोस्