सिमारक्षक देवनारायण र पुर्वमन्त्री निषाद एमालेमा प्रवेश ।

काठमाडौं, २६ असोज
भारतीय ज्यादतीको विरोधमा नेपाल–भारत सीमा क्षेत्रमा रगत बगाएर चर्चित बनेका सप्तरीको तिलाठीका देवनारायण यादव नेकपा एमालेमा प्रवेश गर्नुुुभएको छ ।

आज एमाले संसदीय दलको कार्यालयमा पुगी अध्यक्ष केपी शर्मा ओलीबाट टीका लगार्ई यादव एमाले प्रवेश गर्नुभएको हो । यादवसँगै सांसद तथा पूर्वमन्त्री मेघराज निषाद पनि एमाले प्रवेश गर्नुभएको छ ।

गतवर्ष भदौमा भारतीय पक्षले एकतर्फी रुपमा बनाएको बाँध भत्काउँदा यादवलाई भारतीय सुरक्षार्कीले कुटपिट गरी घाइते बनाएका थिए । तिलाठी काण्डपछि चर्चित भएका यादवलाई अपहरणको मुद्दा लगाएर भारतीय सुरक्षाकर्मीले तीन साताअघि पक्राउ गरी थुनेको थियो । भारतीय कारागारबाट छुटेर नेपाल फर्केपछि यादव काठमाडौं आएर एमाले प्रवेश गर्नुभएको हो ।

यादव ०४९ सालमा नेपाली कांग्रेसका तर्फबाट सप्तरी जिल्ला विकास समितिको सदस्यमा निर्वाचित हुनु भएको थियो । यस्तै आज बिहीवार एमाले प्रवेश गर्नुभएका सांसद निषाद मधेस समता पार्टीको अध्यक्ष हुनुहुन्छ । उहाँले आफूले नेतृत्व गर्नुभएको पार्टीलाई बिहीवार नै एमालेमा समाहित गरेको घोषणा गर्नुभयो । सांसद निषादले अध्यक्ष ओली नेतृत्वको सरकारमा राज्यमन्त्री हुनुहुन्थ्यो ।

 

प्रतिक्रया दिनुहोस्