प्रकाशमान सिंह भन्छ्न:आगामी चुनावमा प्रजातान्त्रिक गठबन्धनले बहुमत ल्याउछ ।

काठमाडौं, २६ असोज ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचनमा प्रजातान्त्रिक गठबन्धनले बहुमत ल्याउने दाबी गरेका छन् ।

नेपाली कांग्रेस काठमाडौंको अगुवा कार्यकर्ता भेलालाई आज राजधानीमा सम्बोधन गर्दै नेता सिंहले प्रजातान्त्रिक शक्ति एक ठाउँमा आएकाले यसलाई कसैले हराउन नसक्ने जिकिर गरे ।

कार्यक्रममा कांग्रेसका युवा नेता गगन थापाले वाम तालमेल खेलमात्र भएकाले यसलाई महत्व दिनु जरुरी नभएको बताए । उनले नेपाली कांग्रेसले बोलेका सबै काम पूरा गरेकाले डराउनुपर्ने अवस्था नरहेको बताए । नेपालमा अधिनायकवाद लाद्ने कसैको सपना पूरा नहुने उनको भनाइ थियो । (इमेजबाट)

प्रतिक्रया दिनुहोस्