टीकापुर जेसिजको आयोजनामा स्लो मोटरसाइकल दौड प्रतियोगिता सम्पन्न ।

लोकेन्द्र रावल टीकापुर २६, असोज ।
टीकापुर जेसीजले सप्ताहब्यापी कार्यक्रम अन्र्तगत आज तेस्रोदिन ‘स्लो’ मोटरसाइकल दौड प्रतियोगिता सम्पन्न गरेको छ ।

प्रतियोगितामा प्रथम अमृत पाल्पालि, द्वितिय मंगल साऊँद र तृतिय प्रमानन्द पाण्डे भएका छन् । प्रतियोगितामा २५ जनाले भाग लिएका थिए । स्लो बाइक रेस खड्ग चोक देखिभानु चोकसम्म संचालन भएको थियो ।प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुनेलाई हेल्मेट प्रदान गरिएको छ । उक्त प्रतियोगिताको प्रायोजन टीकापुरस्थित यूएन. ट्रेड कन्सर्नले गरेको थियो ।

कार्यक्रम संयोजक सुरेश रिमालकोे अध्यक्षतमा भएको कार्यक्रममा टीकापुर जेसीजका पूर्व अध्यक्ष चक्रपाणी सापकोटा, प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा नारायणपुर जेसीजका पूर्व अध्यक्ष गणेश प्रसाद ओझा लगायतले मन्तव्य राख्नुभएको थियो । टीकापुर जेसीजका निवर्तमान अध्यक्ष प्रकाश शाहले स्वागत गर्नुभएको कार्यक्रमको संचालन टीकापुर जेसीजका महासचिव गणेश साउँदले गर्नुभएको थियो ।

सप्ताह ब्यापीकार्यक्रम अन्र्तगत भोली शुक्रबार ‘बृहत साहित्यिक तथा प्रशिक्षण कार्यक्रमको आयोजना हुने कार्यक्रम संयोजक गणेश साउँदले जानकारी दिनुभयो । जेसीजले हरेक वर्ष विभिन्न रचनात्मक काम गरेर सप्ताहब्यापी कार्यक्रमको आयोजना गर्ने परम्परा चलाएको छ ।

यसअघि मंगलवार जेसीजले मैत्रीपूर्ण फुटवल प्रतियोगिताको आयोजना गरी सप्ताहब्यापी कार्यक्रमको सुभारम्भ गरेको थियो ।

 

प्रतिक्रया दिनुहोस्