सुदूरपश्चिमबाट एक लाख राशिको मनिराज बाङ्मय पुरस्कार राष्ट्रकवि माधव प्रसाद घिमिरेलाई ।

कैलाली, २६ असोज ।

सुदूरपश्चिमबाट सर्वाधिक राशिको महाकाव्यकार मनिराज जोशीका छोरा गोविन्दराजले स्थापना गरेको ‘मनिराज वाङ्मय पुरस्कार‘ राष्ट्रकवि माधव घिमिरेलाई प्रदान गरिने भएको छ ।

नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी (कैलाली)का अध्यक्ष पदमराज जोशीले आज धनगढीम आयोजित पत्रकार सम्मेलनमा राष्ट्रकविलाई उनको जन्मशताब्दीको पूर्व सन्ध्यामा एकलाख राशिको पुरस्कार प्रदान गर्ने निर्णयले गौरवको अनुभूति भएको बताए ।

धनगढीका साहित्यकार तथा महाकाव्यकार मनिराज जोशीको नाममा उहाँका छोरा गोबिन्दराज जोशीले स्थापना गर्नुभएको एक लाख राशीको उक्त पुरष्कार राष्ट्रकवि घिमिरेलाई प्रदान गर्ने निर्णय भएको हो ।

उक्त पुरस्कार राजधानीमा बिशेष समारोहको आयोजना गरी बितरण गरिने भएको छ । पुरस्कारको श्रष्टा चयनका लागि प्राध्यापक डाक्टर रामचन्द्र भट्टको संयोजकत्वमा साहित्यकार श्रेष्ठ प्रिया पत्थर र प्राध्यापक डिल्लीराज फुलारा सदस्य रहेको तिन सदस्यीय समिति गठन गरिएको थियो ।

उक्त समितिको सिफारीस अनुसार राष्ट्रकवि घिमिरे मनिराज बाङ्मय पुरस्कार प्रदान गर्न लागिएको हो ।

 

प्रतिक्रया दिनुहोस्