30 May 2020  |   शनिबार, जेष्ठ १७, २०७७

रोजगारीको सपना बुनेर टुरिष्ट भिषामा युएई पुगि बिचल्लीमा परेका १६ नेपालीको उद्दार ।

    | प्रकाशित मितिः शुक्रबार, अशोज २७, २०७४  

काठमाडौ, २७ असोज ।

रोजगारीकालागी टुरिस्ट भिसामा संयुक्त अरब इमिरेट्स पुगेर बिच्चलीमा परेका १६ जना नेपाली युवाको दूतावासले उद्धार गरेको छ ।

सरकारले काम गर्ने उद्देश्यले टुरिस्ट भिसामा खाडी मुलुक जान रोक लगाएको भएपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमनका कर्मचारी, एयरलाइन्स र प्रहरीसँगको आर्थिक सेटिङमा युएई पुगेका थिए ।

यसरि दलालमार्फत युएई पुगेकाहरूले काम नपाएको र पठाउने व्यक्तिले समेत वास्ता नगरेको भन्दै युएईस्थित नेपाली  दूतावासमा उजुरी गरेका थिए। उनीहरूलाई युएईस्थित नेपाली दूतावासले १० दिनपछि सकुसल नेपाल फर्काएको हो। उद्धार हुनेहरूमा मकवानपुरका सुनिल रावत, भीमबहादुर बम्जन, नवराज लो, सुन्दर तामाङ, दीपेन्द्र साम्देन, सुकुराम थिङ, बाग्लुङका इन्द्रबहादुर थापा, राजु थापा, नवलपरासीका कृष्णबहादुर भुजेल, सल्यानका कमल बुढाथोकी, तनहुँका ज्ञानबहादुर तामाङ, गोरखाका चन्द्रबहादुर गुरुङ, बाँकेका तुलसीप्रसाद शर्मा, सिन्धुपाल्चोकका फञ्जो तामाङ र काभ्रेका नरेश तामाङ छन्।

काठमाडौंस्थित पान्डोरा इन्कर्पोरेसन प्रालिका सञ्चालक इश्वर भण्डारी, कार्यकारी निर्देशक केशव थापा र दलालहरू मकवानपुरका दिनेश लामा मोक्तान र धादिङका रमेश कँवरले उनीहरूलाई युएई पठाएका थिए । पछिल्लो केहि समययता वैदेशिक रोजगारको सपना देखि टुरिष्ट भिसामा युएइ पुगि बिचल्लीमा पर्ने नेपाली युवाको सङ्ख्या अधिक मात्रामा बढेको छ ।

 

प्रकाशित मितिः शुक्रबार, अशोज २७, २०७४     9:43:23 AM  |

प्रतिक्रया दिनुहोस्