दाइको हत्याका आरोपी भाइ १७ बर्षपछि प्रहरी नियन्त्रणमा ।

सल्यान, २७ असोज ।
सल्यानको स्यानीखालमा दाजुको हत्याको आरोपी भाइ लाई प्रहरीले १७ वर्षपछि पक्रेको छ ।

शारदा नगरपालिका–१२ स्यानिखाल मुलडाँडाका ३७ वर्षीय  विजय गोसाई १७ वर्षपछि पक्राउ परेका हुन् । उनलाई तुलसीपुर उपमहानगरपालिका–१ छोटेगाउँमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

१७ वर्ष अघि उनले आफ्नै दाजु हेरम गोसाईलाई हँसिया प्रहार गरी फरार भएको थिए । ०५७ कात्तिक १४ गते भाइको हँसिया प्रहारबाट गम्भीर घाइते दाजु हेरमको १० दिनपछि उपचारको क्रममा ज्यान गएको थियो । दाङमा लुकिछिपी बसेको सूचनाका आधारमा खोज्दा उनलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी भरत  विकले बताउनुभयो ।

‘हामीले जिप्रका दाङसँग समन्वय गरेर उनलाई पक्राउ गरेका हौं’ डिएसपी विकले भन्नुभयो ‘शुक्रबार नै म्याद थप गरी उनीबारे अनुसन्धान भैरहेको छ ।’ कर्तव्य ज्यान मुद्दाका आरोपित ३७ वर्षिय गोसाइ १७ वर्षदेखि प्रहरीबाट लुकेर बसेका थिए । (उज्यालो बाट)

 

प्रतिक्रया दिनुहोस्