माओवादी केन्द्र कालिकोट बाट उर्जा मन्त्री शाहि प्रतिनिधिसभाका लाग सिफारिस ।

कालिकोट, २७ असोज ।
नेकपा माओवादी केन्द्र कालिकोटको प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरु चयन गरेको छ।

आज बसेको जिल्ला समितिको बैठकले प्रतिनिधिसभाका लागि उर्जामन्त्री महेन्द्र बहादुर शाही, जिल्ला अध्यक्ष दुर्गाबहादुर रावत र लक्ष्मी चौलागाई लाई सिफारिस गरेको हो। प्रदेशसभाका लागि निर्वाचन क्षेत्र ‘क’ प्रत्यक्षतर्फ धनजित शाही, गणेश शाही र खेमबहादुर सिंहलाई सिफारिस गरेको छ।

यस्तै समानुपातिकतर्फ कृष्णप्रसाद आचार्य, कृष्णकला शाही र शान्ति सिंहलाई सिफारिस गरेको छ। त्यस्तै, प्रदेशसभाका लागि निर्वाचन क्षेत्र ‘ख’मा पार्टीका जिल्ला इन्चार्ज जीवन बुढा, प्रकाश रोकाया र बिष्णुबहादुर बिकलाई सिफारिस गरेको जनाइएको छ । समानुपातिक टुङ्गो नलागेको माओवादी केन्द्रको जिल्ला समिति कालिकोटले जनाएको छ।

 

प्रतिक्रया दिनुहोस्