क्रियटिभद्वारा दुईदिने बृहत विज्ञान प्रदर्शनी सुरु ।

लोकेन्द्र रावल टीकापुर २७, असोज ।
क्रियटिभ ट्युसन एण्ड आर्ट सेन्टर टीकापुरले शुक्रबारदेखि दुईदिने बृहत विज्ञान प्रदर्शनी शुरु गरेको छ ।

प्रर्दशनीमा नल्काको मोडल, स्वचालित पानी तान्ने मेसिन, रोर्वट, हाईड्रलिक क्रेन, सेन्सर लाईट सिस्टम, सोलार सिस्टम, सूर्य ग्रहण, चन्द्र ग्रहण सम्बन्धी मोडल लगायत ३० भन्दा बढि प्रकारका विज्ञान सम्बन्धी सामाग्रीहरु प्रदर्शनीमा राखिएका छन् ।

विद्यार्थीहरुले दशैं र तिहारको बिदा को सदुपयोग गरेर बिज्ञान सम्बन्धी सैद्वान्तिक ज्ञानलाई व्यवहारीक ज्ञान को रुपमा हासिल गरुन भन्ने उद्देश्य ले विज्ञान प्रदर्शनी गरेको क्रियटिभ ट्युसन एण्ड आर्ट सेन्टर टीकापुरका संस्थापक गणेश राज शाहीले बताउनुभयो ।

क्रियटिभ ट्युसन एण्ड आर्ट सेन्टर र जानकी गाउँपालिका स्थित मोति मावि मोतिनगरमा  कार्यरत बिज्ञान शिक्षक सुनिल थापाले बनाएका विभिन्न विज्ञानका सामाग्रीहरुलाई प्रदर्शनीमा राखिएको शाहीले बताउनुभयो । शाहीले विद्यार्थीहरुलाई प्रदर्शनीमा राखिका विज्ञान सामाग्रीहरुको अवलोकन गरेर ज्ञान लिन पनि आग्रह गर्नुभएको छ ।

शुक्रबार पहिलो दिन एक हजार पाँचसय विद्याथीहरुले अवलोकन गरेको शाहीले बताउनु भयो ।विज्ञान प्रदर्शनी भोलि शनिबारसम्म चल्ने छ ।

 

प्रतिक्रया दिनुहोस्