टीकापुर जेसीजको आयोजनामा बृहत साहित्यिक तथा प्रशिक्षण कार्यक्रम ।

लोकेन्द्र रावल टीकापुर २७, असोज ।
टीकापुर जेसीजको सप्ताहब्यापी कार्यक्रम अन्तर्गत आज चौथो दिन शुक्रबार बृहत साहित्यिक तथा प्रशिक्षण कार्यक्रम भएको छ ।

टीकापुर जेसीजका महासचिव जेसि गणेश साउँदको संयोजकत्वमा भएको कार्यक्रमको प्रमुख अतिथी मदन पुरस्कार विजेता २०७२ का रामलाल जोशी प्रमुख अतिथी रहनुभएको थियो । बृहत साहित्य तथा प्रशिक्षण कार्यक्रममा गीतकार सुभाष गौतम, आख्यानकार गगनसिंह थापा, साहित्यकार कर्ण बहादुर थापा लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा साहित्यकार ईच्छुक प्रेम,अर्जुन बेघर,आरके अन्जान, हेमन्त शिशिर, चक्र तिमिल्सिना, दुर्गा जोशी, सुप्रिया शर्मा, आर्त आकुलिन, हिक्मत केशी, सुदिप विक, झलनाथ खनाल, भिम खड्का, रोसन बोहरा, अमर ओली लगायत २८ जनाले आफ्ना साहित्यिक रचना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा गीतकार एवम् गजलकार सुभाष गौतम र राष्ट्रिय कबितावाचन प्रतियोगिता २०७२ मा प्रथम भएका दिनेशराज जोशीलाई सम्मान गरिएको छ । उनीहरुलाई प्रमुख अतिथिले दोसल्ला ओढाई सम्मान गरिएको थियो । जेसीज र जेसीजमका बिषयमा टीकापुर जेसीज २०१७ का अध्यक्ष टेकराज रेग्मीले प्रष्ठपार्नु भएको थियो ।

टीकापुर जेसीजका कार्यकारी उपाध्यक्ष सुरेश रिमालले स्वागत गर्नुभएको कार्यक्रम टीकापुर जेसीजका शाखा सम्पादक परमानन्द पाण्डेले सञ्चालन गर्नुभएको थियो । सप्ताह ब्यापी कार्यक्रम अन्र्तगत भोलि (शनिबार) प्रशिक्षण कार्यक्रमको आयोजना हुने कार्यक्रम संयोजक हस्ता भण्भोलीले जानकारी दिनुभयो ।

 

प्रतिक्रया दिनुहोस्