आचारसंहिता बिपरित प्रधानमन्त्री देउवाले गरे मन्त्रीपरिषद् विस्तार ।

काठमाडौ, २७ असोज ।
प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिता बिपरित मन्त्रीपरिषद् विस्तार गरेका छ्न ।

प्रधानमन्त्री देउवाले राप्रपा नेपालका नेताहरुलाई मन्त्री नियुक्त गर्दै आज मन्त्रिपरिषद् विस्तार गरेका हुन । मन्त्रीपरिषद विस्तारसँगै राप्रपा अध्यक्ष कमल थापा उपप्रधानमन्त्री बनेका छ्न भने राप्रपाका नेताहरु दिलनाथ गिरी, विक्रम थापा र जयन्त चन्द विनाविभागीय मन्त्रीमा नियुक्त भएका छ्न ।

यसैगरी भास्कर भद्रा, कुन्ती साही, सुशील श्रेष्ठ र कान्ता भट्टराई राज्यमन्त्रीमा नियुक्त गरिएको छ । मन्त्रीहरुको मन्त्रालय भने कसैको पनि तोकिएको छैन । भोलि शनिबार नवनियुक्त मन्त्रीहरुको नाम राष्ट्रपतिसमक्ष पठाउने र सपथ गराउने सरकारको तयारी छ ।

निर्वाचन आचारसंहिता विपरित सरकारले मन्त्रीपरिषद् विस्तार गरेको निर्वाचन आयोगले जनाएको छ । आयोगले चुनावको मुखमा कुनै अप्रिय कदम नचाल्न भनिरहेको बेला सरकारले मन्त्रीपरिषद् विस्तार गरेको हो ।

 

प्रतिक्रया दिनुहोस्