आज विश्व गुणस्तर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै ।

काठमाडौ, २८ असोज ।
आज अक्टोवर चौध अर्थात्, विश्व गुणस्तर दिवस । नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम आयोजना गरि यो दिवस मनाईंदैछ ।

सन् १९४६ मा लण्डनमा भएको एक अन्तराष्ट्रिय भेलाले गुणस्तरको विकाश गर्ने अन्तराष्ट्रिय संस्थाको निर्माण गर्ने निर्णय गरेको दिनको सम्झनामा सन् १९७० देखि हरेक वर्षको अक्टोबर १४ तारिकमा यो दिवस मनाउने गरिएको छ ।

वस्तुको गुणस्तरबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएपनि अहिले अधिकांश वस्तुमा अखाद्य तत्वहरु मिसावट गरिएको पाईएको छ । उपभोग्य वस्तुमा अखाद्य वस्तु मिसाएर बेच्ने गरेको छ छैन भन्ने बारे मापन गर्नू र सचेतना फैलाउनु दिवसको मुख्य उद्देश्य हो ।

गुणस्तर दिवस मनाइरहदा विभिन्न समयमा बजारमा गुणस्तरहिन, अखाद्य र बिषादीयुक्त खाद्यान्न भेटिदा समेत सरकारले प्रभावकारी नियन्त्रण र नियमन गर्न नसकेको भन्दै उपभोक्ता हित संरक्षणकर्मीहरुले गुनासो गर्दै आइरहेका  छन् ।

पछिल्लो समयमा सरकारले बजार अनुगमन गरि गुणस्तरहिन खाद्यान्न बेचबिखन गर्नेहरुमाथि कार्वाही प्रक्रिया अघि बढाए पनि प्रभावकारी रुपमा कार्यान्वयन र जवाफदेहिताको अभाव रहेको देखिन्छ  ।

 

प्रतिक्रया दिनुहोस्