राष्ट्रपति ट्रम्पद्वारा अमेरिकीहरूको स्वास्थ्य बिमाको अर्बौं रकम कटौती ।

काठमाडौ , २८ असोज ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकीहरूको स्वास्थ्य बिमाको अर्बौं रकम कटौती गरेका छन् ।

पूर्व राष्ट्रपति बाराक ओबामाले न्यून आय भएका र विपन्न अमेरिकीका लागि स्वास्थ्य बिमा लागू गरेका थिए । उनले लागू गरेको स्वास्थ्य बिमा योजनालाई ‘ओबामाकेयर’का रुपमा चिनिन्छ । ट्रम्पले गरेको रकम कटौतीले त्यहाँका न्यून आय भएका र विपन्न अमेरिकीलाई स्वास्थ्य उपचारमा कठिनाइ हुनेछ ।

ट्रम्पले यसअघि पनि ओबामाकेयर हटाउने निकै प्रयास गरे पनि उनकै पार्टी रिपब्लिकनका सांसदले विफल पार्दै आएका छन् । ट्रम्पको निर्णयले स्वास्थ्य उपचार बिमाको शुल्क बिमा कम्पनीले नपाउने भएकाले बिमा बजार प्रभावित हुनेछ । उनको निर्णयविरुद्ध अदालतमा मुद्दा दायर हुने सम्भावना छ ।

पूर्व राष्ट्रपति ओबामाले ल्याएको स्वास्थ्य उपचार कानुन अफोर्डेबल केयर एक्ट कमजोर पार्ने र हटाउने प्रयासमा ट्रम्पको पछिल्लो निर्णय सबैभन्दा नाटकीय प्रयास हो । अफोर्डेबल केय एक्ट (ओबामाकेयर)ले २ करोड अमेरिकीको स्वास्थ्य उपचार बिमा उपलब्ध गराएको छ ।

ट्रम्पको कदमको भत्सर्ना गर्दै विपक्षी डेमोक्रेट सांसद र न्यु योर्क तथा क्यालिफोर्नियाका न्यायाधीवक्ताले यसविरुद्ध अदालत जाने चेतावनी दिएका छन् ।

 

प्रतिक्रया दिनुहोस्