इङ्लिस प्रिमियर लिग फुटबल:आठौं चरणका खेलहरु आजबाट सुरु हुँदै ।

काठमाडौ, २८ असोज ।

इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आठौं चरणका खेलहरु आजबाट सुरु हुने भएका छ्न ।

आठौं चरणका खेलमा आज सात वटा खेल हुने कार्यतालिका रहेको छ । आजको पहिलो खेलमा लिभरपुल र म्यानचेस्टर युनाइटेड भिड्दै छन् । यी दुई टीमबिचको खेल नेपाली समयअनुसार साँझ सवा ५ बजे हुनेछ भने साँझ पौने ८ बजे पाँच वटा खेल हुने छन् ।

बर्नले र वेस्टह्याम युनाइटेड, क्रिस्टल प्यालेस र चेल्सी, म्यानचेस्टर सिटी र स्टोक सिटी, स्वान्सी र हडर्सफिल्ड तथा टोटनह्याम र वर्नमाउथ भिड्दै छन् । यसैगरी आजै राति सवा १० बजे वार्टफोर्ड र आर्सनलबीच पनि प्रतिस्पर्धा हुँदै छ ।

सातौं चरणका खेलसम्म म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड समान १९ अंकसहित क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । तेस्रो स्थानमा रहेको टोटनह्यामको १४ अंक छ भने चौथो र पाँचौं स्थानमा रहेको चेल्सी र आर्सनलको समान १३ अंक छ ।

 

प्रतिक्रया दिनुहोस्